सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ स्थितमा गणेश पुजाको मुर्ति विसर्जन गर्ने क्रममा आज राति साढे ८ बजे दुई समुदाय बिच तनाव उत्पन्न भएको छ।

तनाव पछि झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन केही शेल अश्रुग्यास प्रहार गरेको छ।

अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली द्वारा स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।हालसम्मको प्राप्त खवर अनुसार झडपको क्रममा मलंगवा वडा न-७ मुसैली निवासी एक युवकमाथि चक्कु प्रहार हुँदा गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको छ ।

मलंगवाको स्थित अहिले तनावग्रस्त रहेकोले घटना बारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यसअघि पनि कृष्ण जन्माष्टमीको मुर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बिच भएको झडप पछि मलंगवा बजारको अवस्था तनावग्रस्त बनेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार