न्यूजअफ मधेस,संवाददाता,असोज ०५,सर्लाही। सर्लाहीजिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
मूर्ति विर्सजन गर्न जाने क्रममा मलङ्गवा ३ मा विवाद भएको थियो स्थिति नियन्त्रण गर्न गए राति १०ः०० बजेदेखि अर्को आदेश नआएसम्मका लागि कफ्र्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
पुरानो मलङ्गवा नगरक्षेत्र देखि (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा र उत्तरमा प्रहरी पोष्ट,बाबा पेट्रोलपम्मको सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कफ्र्यु आदेशमा भनिएको छ ।