न्यूजअफ मधेस,संवाददाता,असोज २६,रौतहट । महिला,बालबालिका तथा सामाजिक न्याय समितिले मधेस प्रदेशको रौतहट स्थित प्रादेशिक अस्पताल गौरको आज अनुगमन गर्नुभएको छ ।
सेवा प्रवाहको अवस्था र व्यवस्थापकीय समस्या बुझ्ने उद्देश्यले समिति सभापति रुपा यादवले अस्पतालको अनुगमन गर्नुभएको हो । सो क्रममा उहाँले अस्पतालमा देखिएको जनशक्ति अभावको समस्या एक महिनाभित्र केही हदसम्म सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो ।
सभापतिसँगै समिति सदस्य प्रदेश सभा सदस्य रानी तिवारी, प्रदेश सभा सदस्य किरण कुमारी साह,प्रदेश सभा सदस्य रन्जु कुमारी मण्डल,प्रदेश सभा सदस्यभाग्यश्री चौधरी र यु.एन.डि.पि.का प्रदेश अध्यक्ष बिटु श्रीवास्तब सहितको टोलिले अनुगमनमा सहभागी भएका हुन् ।
अनुगमनमा प्रदेश सभा सदस्य नागेन्द्र साह,प्रदेश सभा सदस्य शोभा देवी साह पनि सहभागी हुनुहुन्थ्यो । अनुगमनमा पुग्नुभएका सभापति यादव सहितलाई अस्पतालका निमित्त मेसु राजेश सिंहले अस्पतालमा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी र भौतिक संरचनाको अभाव रहेको जानकारी दिनुभयो भने अनुगमन कार्यक्रम यु.एन डि.पि को समन्वयमा गरिएको हो।