अरबिन्द सिंह ,धनुषा,असोज २८गते ।

धनुषाको मिथिला नगरपालिका स्थित वडा नम्बर ९ बेङ्गाडाबर सार्वजनिक नमुना माध्यमिक बिधालयमा बडहरी बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं वार्षिक साधारण सभा भव्यताको साथ सप्पन्न भएको छ । संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

चुक्ता पूँजी छयानब्बे लाख तेत्तीस हजार एक सय रहको संस्थाले आव २०७९/०८० मा ८ करोड ७६ लाख ७६ हजार २ सय ८९ बचत संकलन गरेको थियो । संस्थाले आर्थिक वर्ष २०७९/०८०मा खुद नाफा १२ लाख ४६ हजार १ सय ५३ रुपैयाँ कमाएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि मिथिला  नगरपालिकाका उप – प्रमुख सुनिता सिंह बुढाथोकी हुन् । संस्थाको आफ्नो भवन नरहेको, जग्गा मात्र रहेको र भवन निर्माण गर्न सहयोग गर्ने उनी भाषण गर्दै प्रतिवदता जाहिर गरे ।

संस्थाको प्रगति प्रतिवेदन सचिब रेणुका दाहाल भण्डारी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष उपेन्द्र महतो, लेखा प्रतिवेदन संयोजक भोगिलाल महतो र आ.ब. २०८०/०८१ को कार्ययोजना तथा अनुमानित बजेट अध्यक्ष गंगा कुमारी बलम्पाकीले प्रस्तुति गरेकी छिन् ।

निर्वाचन प्रावधान अनुसार ९ जना संचालक समिति र ३ जना लेखा सुपर्वबेक्षण समिति पदमा पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएको हो । संस्थाको संचालक समितिमा अध्यक्ष गंगा कुमार बलम्पाकी, उपाध्यक्ष राजेश्वर सिंह, सचिब रेणुका दाहाल भण्डारी, कोषाध्यक्ष उपेन्द्र महतो कोइरी, श- सचिब राम प्रसाद खरेल, सदस्य चन्द्र ब. लामा, श्याम ब.तामाङ, झानुका कुमारी भट्टराई, मान ब. श्रेष्ठ र लेखा सुपर्वबेक्षण समितिमा संयोजक ठकन महतो कोइरी, सदस्य भुपालमान श्रेष्ठ, मनिता अर्याल रहेकी हुन् ।

संस्थाको प्रगति प्रतिवेदन सचिब रेणुका दाहाल भण्डारी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष उपेन्द्र महतो, लेखा प्रतिवेदन संयोजक भोगिलाल महतो र आ.ब. २०८०/०८१ को कार्ययोजना तथा अनुमानित बजेट अध्यक्ष गंगा कुमारी बलम्पाकीले प्रस्तुति गरेकी छिन् ।

कार्यक्रममा संस्थाको जन्मदाता तथा संरक्षक  यज्ञराज शर्मा ( समीर ),जेष्ठ नागरिक तथा बचतकर्ताको रूपमा  राजेन्द्र सिङ किरानी र भागमाया बलम्पाकी सहित सो बिधालय्का बिद्यार्थीहरुलाई प्रोत्साहन निम्ति मायाको चिनो दिएर सम्मान गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार