न्यूजअफ मधेस,संवाददाता,असोज २८,धनुषा।धनुषाको मिथिला नगरपालिका वाडा नं.८ कुसुमबिसौनामा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ ।

मिथिला नगरपालिका वाडा नं.८ कुसुमबिसौनामा रहेको दुर्गा मन्दिरको प्राङ्गणबाट करिब १००० औं को संख्यामा,बाजागाजासहित निकालिएको कलश यात्रा वाडा परिक्रमा गदै धनुषा र महोत्तरीको सिमामा रहेको रातू खोलामा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको मेला समिती का अध्यक्ष रबि महतोले जानकारी दिए।

हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा तराइ मधेसका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमलाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।

यो पर्वमा प्रतिमाको रुपमा काली,दुर्गा लगायत सात सहेली र एक भाइ गणेश मानेर पुजा आजा गर्ने परम्परा रहेको छ ।

पुजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीका दिन बेलतोरी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म नाचगान तथा मेला लाग्ने अध्यक्ष महतोले जान्कारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार