न्यूजअफ मधेस,संवाददाता,असोज २८,धनुषाधाम । घटस्थापना दिवसकै दिन धनुषाको धनुषाधाममा भगवती ट्रेड लिंक होण्डाको स्वरुम खुलेको छ । आइतबार धनुषाधाम  नगरपालिका ३ धनुषाधाममा भगवती ट्रेड लिंक होण्डा स्वरुम खुलेको हो ।

भगवती ट्रेड लिंक होण्डाले होण्डा कम्पनीका मोटरसाईकल तथा स्कुटी बिक्रि बितरणका लागि अटो मोबाईल्स स्वरुम संचालनमा ल्याएको हो । 

एक कार्यक्रमका विच संचालकका आमा मनिका कार्कीले स्वरुमको उद्घाटन गर्दै आर्थिक गतिबिधीमा जोडदिनुभयो ।

संचालक खेमराज कार्कीले ग्राहको माग अनुरुप मोटरसाईकल र स्कुटी संचालनमा ल्याएको बताए । पहिलो दिन स्कुटी मोटरसाईकल भिजिट गर्नेको लर्को लागेका छन् ।कार्यक्रममा कम्पनीका सेल्स म्यानेजर राजाराम खनाल,एस टि सि डिभिजन म्यानेजर दिलकुमार श्रेष्ठ,सरोज कार्की,ज्ञानेन्द्र कार्की,लक्षमण कार्की,बिक्रम थापा,ललिता चौहान,लगाइत सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार