न्यूजअफ मधेस,संवाददाता,असोज २८,धनुषाधाम । धनुषाधामको एक वडा अध्यक्षले कृषि मिटर अर्थात् वडाका  विद्युतको महसुल तिरिदिने निर्णय गरेको छ ।धनुषा  जिल्लाको धनुषाधाम नगरपालिका वडा न.४ का अध्यक्ष मनोज कुमार यादवले सिँचाइको समस्या समाधानका लागि सो निर्णय गरेको  छ।

कृषि क्षेत्र वृद्धि, विस्तार र सुधार तथा किसानलाई सिँचाइमा सहजीकरणका लागि सबै विद्युतीय महसुल वडाले नै तिर्ने निर्णय गरेको वडा अध्यक्ष मनोजकुमार यादव बताए । कृषि क्षेत्रको वृद्धि– विकासका लागि सिँचाइ कार्यमा प्रयोग हुने सबै विद्युतीय महसुल वडा न.४ नै तिर्ने निर्णय गरेको  हो ।

वडा अध्यक्ष यादवले भने, “सिँचाइलाई प्रयोग महसुल वडा कार्यालयले तिर्ने भए पछि वडाका किसान हर्सित भएका छन् ।

भने केही महिना पहिले मात्रै नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा गरिब,दलित तथा विपन्न नागरिकलाई विद्युत मिटर निशुल्कमा वितरण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार