किसमत सिंह,कात्तिक ४, सिरहा  । दुबै मृगौला फेल भएर उपचाररत रहेका कर्जन्हा नगरपालिका वडा न. ११ बगहा का जितेन्द्र कुमार महतोलाई प्रबासी  कुसवाहा कल्याण समाज कतार र प्रबासी कुसवाहा कल्याण समाज मलेसिया द्धारा ३२,५५१ रुपैया आर्थिक सहायो गरेको छ ।

बिगत केहि  महिना अगाडी दुबै मृगौला फेल भई हाल नेपाल मेडिसिटि काठमाण्डौ  अस्पतालमा उपचार  गराई रहेका ४० वर्षीय जितेन्द्र कुमार महतो लाई मृगौला प्रत्यारोपणको लागि कतारमा  कार्यरत रहेका प्रबासी  कुसवाहा कल्याण समाज कतारका अद्यक्ष्य  कमलेश महतो  र  मलेसियाका अध्यक्ष गुरुदयाल महतो, कोषाध्यक्ष पबन महतो र  सचिव सन्तोष कुमार महतोको  अथक प्रयास स्वरुप र सल्लाहकार शिव कुमार महतो र बिनोध कुमार महतो र स्थानीयको  रहोबरमा एक कार्यक्रम बिच कतार बाट जम्मा ११,००० र मलेसिया बाट जम्मा २१,५५१ गरी  सहयोग रकम  जम्मा  ३२,५५१ रुपैया हस्तान्तरण गर्न आएका शिव कुमार महतोले जानकारी दिएको हो ।

मृगौला प्रत्यारोपणको लागि हालसम्म संकलन भएको रकमले नपुग्ने भएकाले बाँकी रकम सहयोगका लागि सबैसँग जितेन्द्रको पत्नी श्रीमती संजु महतोले आग्रह गरेका छन् । मृगौला प्रत्यारोपण गर्न धेरै रकमको आवश्यकता छ । तर आफुहरुको क्षमताले पतिको मृगौला प्रत्यारोपण गर्न असम्भव छ । त्यसैले मेरो पतिलाई बचाई दिनको लागि मृगौला प्रत्यारोपण गर्न कुनै संघसंस्था वा व्यक्तिले सहयोग गर्न चाहेमा सहयोग गर्दिनु हुन्  रुदै रुदै आग्रह गरेका छन्   ।

कार्यक्रममा स्थानीय समाजसेवी प्रभात  महतो, सोहि  वडाका कुसवाहा  कल्याण समाजका  अध्यक्ष्य प्रदिप महतो, राम कुमार महतो, जय प्रकाश महतो , रामदयाल महतो ,अनिल महतो, पत्रकार किसमत सिंह  लगायत स्थानीयको उपस्थितिमा सो रकम हस्तान्तरण  गरेको बताएको छ ।

प्रबासी  कुसवाहा कल्याण समाज कतार र प्रबासी कुसवाहा कल्याण समाज मलेसियाले  गरिब असाहय व्यक्तिलाइ यस्तो आर्थिक  सहयोग गर्दै आइरहेको छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार