न्यूजअफ मधेस,संवाददाता,कात्तिक ११ काठमाडौँ । शुक्रबार राति जाजारकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठुला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सो भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पैंक र रामिडाँडाको आसपास रहेको थियो । त्यसपछि १२ बजेर २९ मिनट जाँदा ४.२ म्याग्निच्युडको अर्को परकम्प गएको थियो भने १२ बजेर ३५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गएको थियो ।रातो पार्टी बाट

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार