न्यूजअफ मधेस,संवाददाता,कात्तिक २३ गते ।धनुषा जिल्लाको मिथिला नगरपालिका वाडा नं.९ बेंगाडावर स्थित न्यू होराइजन ईङलिस बोडिङ्ग स्कुल ले आफनो २५ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।

रजत जयन्तीको अवसरमा मिथिला नगरपालिका वाडा नं.९ बेंगाडाबर स्थित न्यू होराइजन बोर्डिङ स्कुलले विहिवार स्कुलकै प्राङ्गनमा स्कुलका संस्थापक सुनिता सिंह बुढाथोकीको अध्यक्षता र संघीय सांसद एंव पुर्व उपप्रधानमन्त्री रघुवीर महासेठको प्रमुख आतिथिमा भव्यताका साथ आफ्नो वार्षिक उत्सव मनाएको हो।

उक्त समारोहमा विशिष्ट अतिथि प्रदेशसभा सदस्य हरिनारायण महतो, दिपेन्द्र ठाकुर, मिथिला नगरपालिकाका सबै जनप्रतिनिधिहरु,कर्मचारीहरु र विभिन्न विद्यालयका संस्थापक प्रधानध्यापक ज्यु हरुको उपस्थिती रहेको थियो । समारोहको उद्घाटन प्रमुख अतिथि रघुबिर महासेठले हावामा वेलुन उडाएर गरेका थिए । सो समारोहमा स्कुलले रजत जयन्ती स्मारिका समेत सार्वजनिक गरेको थियो । कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि,लगायतले रजत जयन्ती स्मारिका प्रस्तुत गरेका थिए ।

शिक्षाको गुणस्तरीयतामा निकै नै अब्बल मानिएको न्यू होराइजन इ.बोर्डिङ स्कुलले रजत जयन्ती समारोहमा विभिन्न व्यक्तित्वहरुलाई मायाको चिन्हो सहित सम्मान गरेका थिए । समारोहको अवसरमा स्कुलकै विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

 

२०५६ सालदेखि संचालित स्कुलमा हाल १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको स्कुलका प्रधानाध्यापक भोगीलाल महतोले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार