न्यूजअफ मधेस,संवाददाता,मंसिर ८ गते

महोत्तरी प्रहरीले छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ ।

महोत्तरीको गौशालामा विद्यालय पढ्न आएकी बालिकालाई बिहीबार दिउँसो ४० रुपैयाँको प्रलोभन देखाई विद्यालयको छतमा लगेर बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमीमा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालयका सञ्चालक ३३ वर्षीय जुगलकिशोर साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक मनोज यादवले बताए ।

बालिकाको अभिभावकले इलाका प्रहरी कार्यालयमा विद्यालय सञ्चालक साहले जबर्जस्ती करणी गरेको जाहेरी दर्ता गराएको प्रहरी निरीक्षक यादवले बताए ।

जाहेरीको आधारमा विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएर जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट अनुसन्धानका लागि ५ दिनको म्याद लिएको प्रहरी निरीक्षक यादवले बताए ।

पीडित बालिका र आरोपितको स्वस्थ्य परीक्षण गराएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

रातो पार्टी बाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार