न्यूजअफ मधेस,संवाददाता,मंसिर ११ गते ।

लैङ्गकि हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिका मा लगानीको एक्यबद्धताको मुल नारा सहित,

धनुषाको मिथिला नगरपालिका ढल्केवरमा आइतबार सम्पन्न ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तर्गत मिथिला नगरपालिका उप–प्रमुख सुनिता सिंह बुढाथोकी ले सासु–ससुराले बुहारीलाई छोरी जस्तो मान्ने र बुहारीले पनि त्यहि अनुसारको व्यवहार गर्ने हो भने महिला हिंसा अन्त्यमा सहयोग पुग्ने बताए।

उनले हिंसा नसहने र एकले अर्कोको सह–अस्तीत्वलाई स्वीकार गर्ने हो भने हिंसाको घटना अन्त्य भयेर जाने बताए। उनले भने, ‘पहिलो विषय हामीले कुनै पनि प्रकारको हिंसा गर्नु नै हुँदैन, कुनै कारणवस हिंसाको घटना भईहाल्यो भने हामीले सहेर बस्नु पनि हुँदैन, त्यसको न्यायीक उपचार खोज्नु पर्छ।’

उपमेयर बुढाथोकीले हिंसा पीडित महिला तथा बालबालिकाको पक्षमा स्थानीय सरकार, प्रहरी प्रशासन र विभिन्न गैर–सरकारी संस्थाहरुले काम गरिरहेको बताए। उनले हिंसामा परीहाल्यो भनेपनि आफूलाई पायक पर्ने निकायको सम्पर्कमा पुग्न अनुरोध गर्दै स्थानीय सरकार न्यायीक समिति सधैं पीडितहरुको साथमा रहेको बताए।

हामीले हिंसा न्यूनिकरणका लागि विभिन्न जनचेतनाका कार्यक्रमहरुको आयोजना गरेको छु, बताउँदै कार्यक्रममा सिकेका कुराहरुलाई व्यक्तिगत व्यवहार र समाजमा फैलाउन समेत  आग्रह गरे।

कार्यक्रममा मिथिला नगरपालिकाका उप–प्रमुख सुनिता सिंह बुढाथोकीले कुनै प्रकारको हिंसाका घट्ना भइरहेको छ भने त्यसलाई समाधान गरि, दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन सवैले पहल गर्नु पर्ने बताए। उनले हिंसालाई नेपालको संविधानले कानुनतह अपराध मानेकोले त्यस प्रकारको घटनालाई कानूनी दायरामा ल्याउनु पर्नेमा जोड दिए।

उक्त कार्यक्रममा लैंङ्गिक विरुद्धका विभिन्न नाराहरु लगाएका थिए। लैङ्कि हिंसा अन्त्य गरौं, महिलालाई कुटन पाइदैन, हिंसा रहित समाज निर्माण गर्नु हाम्रो प्रतिवद्धता जस्ता नारा लगाएका थिए। मिथिला नगरपालिकाको आयोजना र दलित महिला केन्द्र, नेपाल (सीडीडब्लूएन)को सहकार्यमा सम्पन्न कार्यक्रमको सञ्चालन महिला, बालिबालिका तथा सामाजिक शाखाका प्रमुखले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार