न्यूजअफ मधेस,संवाददाता,मंसिर १७,धनुषा  ।

धनुषाधाम नगरपालिका वडा नम्वर ३, धनुषाधाममा रहेको रेडियो धनुष ९९.७ मेगाहर्जले विजेता,श्रोता र व्यापारीलाई सम्मान गरेको छ।

हिन्दुहरुको पर्व छठ पर्वको अवसरमा ग्रेटर मधेस मिडिया प्रा.लि द्वारा संचालित रहेको रेडियो धनुष ९९.७ मेगाहर्जले  प्रत्येक बर्ष झै यसबर्ष पनि कार्यक्रम धनुष धनबर्षा गरेको थियो सो कार्यक्रमको विजेताहरुलाई सम्मान सहित पुरस्कार वितरण गरिएको छ।

कार्यक्रम रेडियो धनुषको स्टेशन प्रमुख एवं रिपोर्टस क्लब नेपाल धनुषा शाखाको अध्यक्ष समेत रहनुभएका मुकेश कुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख सबैला नगरपालिकाको मेयर कारी राम यादव रहनुभएको थियो ।

मेयर यादवले भने रेडियाेले सुरुदेखि नै खेलेकाे भूमिका प्रशंसनीय रहेकाे बताउनुभयाे । उहाँले विकृति विसंगतिका बिरूद्धमा आवाज उठाउने रेडियाे जनताकाे सदैव प्याराे बन्ने उल्लेख गर्नुभयाे ।

 

अहिले केही प्रतिक्रियावादीले राजाको नाममा अनेक नाटक गरिएको र दुर्गा प्रसाइले कहीले ओली ठिक त कहिले अरुलाई नै राजा बनाइदिने जस्तो खाले अभिव्यक्तिले प्रसाइको मांसिक सन्तुलन बिग्रेको बताए ।मेयर यादवले थपे  अहिले मिटर व्याज सम्बन्धि कानुनले गर्दा गरिब जनतालाई अप्ठ्यारो परेको बताउनुभयो ।

 

कार्यक्रममा कलर्श एफएमका पत्रकार धिरेश दत्त,दलान नेपालका अध्यक्ष धर्मानन्द ठाकुर,सप्तसहिद एफएमका संचालक अशोक मण्डल,न्युज ब्यारेजका जितेन्द्र अक्षत,सुरेन्द्र नायक कार्यक्रम सभापतिको आसनबाट रेडियो संचालक मुकेश कुमार ठाकुरले  भने रेडियो धनुषले संचालन गरेको धनुष धनबर्षा कार्यक्रमले श्रोता तान्न सफल भएको र रेडियोको सबै कार्यक्रमले जनतामा राम्रो प्रभाव पारिरहेको आगामी दिन दिनमा ग्रामीण भेगमा मात्रै केन्द्रित भएर रेडियो धनुषले आफ्नो भुमिका निर्वाह गर्ने अहिले रेडियो धनुषले शिक्षा क्षेत्रमा बडी समय खर्चको किन भने सामुदायिक शिक्षा क्षेत्रमा गरिब निमुखा आमजनताको बालबालिका अध्ययन गरेको सोही कारणले पनि शिक्षा क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको र त्यो काम रेडियो धनुषले गरिरहेको स्टेशन प्रमुख ठाकुरले बताए ।

विजेता श्रोतालाई फ्रीज,दराज,राइसकुकर,कुकर,चान्दी रिचार्ड कार्ड लगाइतका पुरस्कारहरु बाडिएको थियो ।१९१ जना बिजेतालाई प्रशन्सा पत्र सहित पुरस्कार वितरण गरिएको स्टेसन म्यानेजर प्रेम चौहानले जानकारी दिए ।कार्यक्रममा डाक्टर सैलेन्द्र यादव,बिमल यादव,शैलिया देवी,आरजे बिनिता ठाकुर,आरजे पिताम्बर कापर,कंचन कुमारी ठाकुर,बिष्णु प्रसाद सिंह,कृष्टिना यादव,अनितेश यादव,लगाइत सयौंको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।कार्यक्रम स्टेसन म्यानेजर प्रेम ध्वज चौहानले संचाल  गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार