न्यूजअफ मधेस,संवाददाता,मंसिर २१,धनुषा ।धनुषाको मिथिला नगरपालिका वाडा नं.८ जमुनीबासमा रहेको कस्तुरी होटलमा यौनधन्धा संचालन भैरहेको पाइएको छ।
बुधबार मिथिला नगरपालिका वडा न.८ जमुनीबासमा रहेको उक्त होटलमा बाहिरबाट यौनकर्मीहरु बोलाएर यौन जन्य कारोबार भैरहेको एक स्थानीयले बताए पछि, न्यूजअफ मेधेस डटकम का संचारकर्मी अरबिन्द सिंह सहितका टोलि होटलमा ग्राहक भएर जादा १००० देखि पाँचहजार सम्म पैसा लाग्ने होटल संचालकले नै भनेको र केटी हेर्छु भन्दा,केटी आएर पहिले बियर खुवाउनु अनि बियर खाएर गएपछि सर्विसमा तपाई हरुलाई कुनै किसिमको गुनासो गर्ने मौका आउदैन बताएकि थिइन् ।
पूर्व पश्चिम राजमार्ग अनतर्गत जमुनिबास चौक स्थित राजमार्गको उत्तरपट्टि रहेको कस्तुरी होटेलमा खुल्लेआम यौनधन्दा सँचालन भएको देखिएको हो । स्थानीय सहित केही व्यापारीहरुले समेत त्यहाँ खुल्लेयाम यौनधन्दा सँचालन भएको गोप्य सूचना दिएपछि पत्रकार अरबिन्द सिंह सहितका टिम स्टीँग अपरेशन गरेका थिए ।
गाउँको नजिकैमा रहेको उक्त होटलमा यौन धन्धामा संलग्न रहेको महिला र पुरुष हरुलाई देख्दा गाउँका बालबालिका हरुमा नकारात्मक असर परिरहेको सोही वडाका वडा अध्यक्ष बिरेन्द्र महतोले समेत गुनासो सुनाए ।प्रमाण हामी सङ सुरक्षित छ।