न्यूजअफ मधेस,संवाददाता,मंसिर २८,जनकपुरधाम। 

वैदेशिक रोजगारीका समस्या समाधानका लागि सरकार तथा त्यस सम्बन्धि काम गर्ने निकायहरु वास्तविक पीडित समक्ष पुग्न नसकेको सरोकारवालहरुले गुनासो गरेका छन् । सप्तरीमा वैदेशिक रोजगारको सिलसिलामा एक हजार ८ सय ७१ जना ठगीमा परेका छ्न । राजविराज नगरपालिका को आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र सामी हेल्भेटास नेपालको सहयोगमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रदेश र स्थानीय सरकारबीच अन्तरक्रिया कार्यक्रम भएको छ।

सामी हेल्भेटास नेपालका अनुसार वैदेशिक रोजगारमा ठगीमा परेका १ हजार ८ सय ७१ जनाले आप्रवासी स्रोत केन्द्रमा

उजुरी गरेका मध्ये ७ सय ६० जनाको समस्या समाधान गरिएको संयोजक कमल बहादुर रोकाय बताउँछन्। ६ वर्षमा १६ करोड ९० लाख ६१ हजार ५५ रुपैयाँ क्षतिपूर्ति दिलाएको कुरा उनले प्रस्तुत गरेको प्रतिवेदनमा मा उल्लेख छ । यसैगरी सिरहामा ९ सय २० समस्या मध्ये ४ सय २४ जनाको समस्या समाधान गरिएको भने २१ करोड ५३ लाख ६२ हजार ५ सय ६२ रुपैयाँ को क्षतिपूर्ति दिलाउन सफल भएको जनाइएको छ ।

कार्यक्रममा सामी/हेल्भेटास नेपालका प्रदेश प्रबन्धक बिजय ठाकुरले वैदेशिक रोजगारलाई सुरक्षित ,मर्यादित , उपलब्धीमूलक बनाउन र ठगी मुक्त बनाउन सबैको दायित्व रहेको जिकिर गरे ।

 

आप्रवासी हकहित संरक्षण केन्द्रका प्रदेश संयोजक जितेन्द्र सिन्हाले सरकारले एजेन्ट खारेज गर्ने तर हरेक गाउँगाउमा एजेन्टहरु को बिगबिगी र ठगी बढेकाे बताउदै वैदेशिक रोजगारका लागि सुरक्षित बनाउन स्थानीय सरकार गम्भिर हुनेपर्ने पर्नेमा जोड दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहको प्रमुख आतिथ्यत र राजविराज नगरपालिकामा का नगर प्रमुख इसरत परविन को विशिष्ट आतिथ्यमामा कार्यक्रम सम्पन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार