दिवेश कुमार महतो,पुस ७, जनकपुरधाम।

कला देखाउने विभिन्न माध्यमहरु छन्। प्रतिभा प्रस्फुटन गर्ने/ गराउने विधि पनि फरक फरक किसिमका हुन्छन्। आधुनिक कालमा बालबालिका भित्र लुकेका कलालाई बाहिर ल्याउने विधि पनि पुरानै अनुसारको चलिरहन्छ । तर धनुषाको ढल्केवरमा कचहरी बहसको माध्यमले किशोर किशोरी र बालबालिकाहरुको नेतृत्व विकास र वातावरणको अधिकार बारे सचेत गराएको छ।

 

जिल्लाको मिथिला नगरपालिका -६ ढल्केवरस्थित महेन्द्र मावि को प्राङ्गणमा कायापलट, इन्सेक, डब्लु डब्लु एफ र सेभ द चिल्ड्रेनको संयुक्त आयोजनामा गरिएको कचहरी बहसमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यलयले धनुषाको मिथिला नगरपालिकामा गठन गरेको बाल अधिकार सचेतना समुहका बालबालिकाहरुलाई राखेर कचहरी बहस कार्यक्रम गरिएको थियो भने मगही भाषा अभियन्ता एवम् पत्रकार फुलगेन मगहीले सहजिकरण गरेका थिए।

बहसमा अतिथिको रुपमा बालबालिकाहरु बाटै मेयर , उपमेयर,वाडा अध्यक्ष,वाडा सदस्य ,वातावरण अभियन्ता र आमनागरिक बनाएर अभ्यास गराइएको थियो । बालबालिकाहरुले स्थानिय तहका जनप्रतिनिधिको (गेटअपमा) अभिनय गर्दै वातावरण बारे गहण बहस र संवाद गरिएको थियो। वातावरण अधिकार विषयमा केन्द्रित रहेर मिथिला नगरपालिकाको विकास र सरसफाइ जस्ता विषयमा संवाद गरिएको थियो। उनीहरूले कचहरी बहसको अभ्यास मार्फत स्थानिय सरकारलाई अधिकार र कर्तव्य प्रति सचेत गराउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले सरोकारवाला सम्बन्धित निकायहरु सँग संवाद र बहसको माध्यमबाट समस्याको समाधान खोज्ने लक्ष्य राखेको छ।

कचहरी बहसको अभ्यासले विधार्थीहरुको क्षमता अभिवृद्धि हुन्छ। उनीहरूमा प्रश्न गर्न सक्ने क्षमताको विकास भई नेतृत्व क्षमताको विकास हुने कुरा महेन्द्र मावि का प्राधानाध्यापक रामकुमार महतो बताउँछन्। उनका अनुसार बालबालिका भित्र लुकेका प्रतिभा प्रस्फुटन गराउने विधि मध्ये सबैभन्दा राम्रो विधि रहेको र यसले उनीहरुमा चेतनाको बिकास भई विधालयमा‌ सकरात्मक सन्देश प्रवाह हुने बताए।

 

कचहरी बहस कार्यक्रम हाम्रो लागि नयाँ रहेको र यसका बारेमा हामीलाई केहि थाह नभएको अवस्थामा कायापलट र इन्सेक संस्थाले राम्रो कुरा सिकाएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार