न्यूजअफ मधेस,संवाददाता,मघ १३,धनुषा।।धनुषा जिल्लाको मिथिला नगरपालिकाले “द एसिया फाउन्डेसन र राष्ट्र निर्माण मन्चको आयोजनामा´´ आजबाट मिथिला नगरपालिकाको न्यायिक समितिको विवादहरु लाई सफ्टवेयर मार्फत आफ्नो निवेदन दर्ता हुने गरि प्रतेक वडाबाटै दर्ता गर्न सकिने रिपोर्टिङ्ग र प्रोसेसिङ जस्ता सबै कार्य हुने गरि आफ्नो “न्याक मामिला ब्यबस्थापन प्रणाली ” को बिधिवत रुपमा उदघाटन सम्पन्न गरेको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथि मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले उद्घाटन गरेको थियो ।
उक्त सफ्टवेयर मार्फत न्यायिक समितिको कार्यहरु अझै छिटो छरितो राख्नमा सहयोग पुग्नेछ महतो ले बताए ।
यता मिथिला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राज कुमार दासले भन्नुभयो आज सम्म मैले धेरै पालिकाहरुमा काम गरे छु तर कुनै पालिकाले येस्तो सिस्टम लागू गरेको थिएन तर आज मिथिला नगरपालिकाले यो सिस्टम लगु गरेकोमा धेरै खुसी छु उहाँले बताउनु भयो।
यता कार्यक्रमको विशिष्ट अतिथि मिथिला नगरपालिकाकि उप प्रमुख सुनिता सिंह बुढाथोकीले भन्नू भयो यो सफ्टवेयर उदघाटन हाम्रो लागि गौरवको विषय हो,यो एउटा न्याक समितीको परिवार पनि हो अब हामी सबै मिलेर अगाडी बाढनु पर्छ,उहाँले बताउनु भयो।
कार्यक्रममा मिथिला नगरपलिकाको न्यायिक समिती र मेलामिलाप केन्द्रबाट भयेको अभ्यासहरुको अनुभव आदनप्रदान गर्ने एक दिने गोस्ठी तथा मेलमिलाप कर्ताहरु न्यायिक समिती तथा कानुन शाखा ,सबै वाडाका वडा अध्यक्षहरु, सबै वाडाका सचिवहरु, प्रमुख प्रशासकीय अधिकृत,नगर प्रमुख,पत्रकार हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।