रानि पाल १३ माघ ! आज बारा जिल्लाको परवानीपुर – ५, बहुअरीमा सानो दीप ( द लिटील लाईट )तथा  वीरगन्ज सामुदायिक केन्द्रकाे  सह-आयोजनक र डाक्टर्स क्लबकाे सहयोगमा निशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ ।

आज एक दिने निःशुल्क आँखा तथा दन्त शिविरमा जम्मा  १७२ जनाले दन्त स्वास्थ्य जाँच गराएका छन ।आँखा तथा दन्त स्वास्थ्य जाँच शिविरमा परीक्षण गराएका हरेक व्यक्तिलाई  वीरगन्ज सामुदायिक केन्द्रकाे अर्थोडोन्टिक सेन्टर जाँदा चसमामा र दन्तमा २० प्रतिशतसम्म छुट दिने पनि सुविधा उपलब्ध गराइएको वीरगन्ज सामुदायिक केन्द्रकाे चिकित्सक डाक्टर प्रभात चौरसैयाले बताएका छ्न् । साथै परीक्षण गरिएका लाई हाईजिङ किट ब्याग पनि वितरण  गरेका छन् ।  यति मात्रै नभएर निःशुल्क दन्त शिविरमा  दन्त स्वास्थ्य जाँच गराउनुका साथै नि – शुल्क औषधी वितरण, आवश्यक परामर्श उपलब्ध गराएको सानाे दीपका कृष पटेलले बताएका छन् ।

यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा लोकेष कुमार सिंह  युवा नेता नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ख का सभापति र विशिष्ठ अतिथि मा राजकिशोर गुप्त केन्द्रिय सदस्य तरुण दलका र दीपक कुमार साह ४ नम्बर का सभापति साथै इलाका प्रहरी कार्यालय को आसै मनोज कुमार मण्डल उपस्थित भएका थिए।

आज निशुल्क आँखा तथा दन्त स्वास्थ्य जाँच शिविरमा परीक्षण गराएकाहरु एकदमै खुसी भएका छन् ।

बिच बिचमा यदि यसरी नै स्वास्थ सम्बन्धी जाँच भइरहियो भने गरीब , आर्थिक कमजोर तथा असाहय मानिसहरुलाई सहज हुने छ, नयाँ जिवन पाउने छ ।

त्यसैले यस्ता कार्यक्रमहरु को आयोजना समय समय गरिराख्नु पर्छ ।

सरकारले पनि स्वास्थ क्षेत्रलाई अझ बढी  प्रभावकारी बनाउनू पर्छ ।

“स्वस्थ नै धन हो ” भने उखान त्यतिकै भनेको काहा हो र ?

 

कुनै  कार्य गर्नका लागि पनि हाम्रो शरीरमा बल हुनुपर्छ , बिना शारीरिक शक्तिले एक कदम पनि हिडन सक्दैनौँ त्यसैले दक्क्ष नागरिक , सेना, पुलिस वा केही सिर्जानात्मक काम गर्न वा सोचनको को लागी शारिरीक तथा मानसिक रूपमा पूर्ण रूपले स्वकक्ष र तन्दरुस्त हुनु पर्छ ।

त्यसैले नेपाल सरकारले स्वस्थ मा ध्यान दिनै पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार