न्यूजअफ मधेस,संवाददाता,मघ २०,धनुषा।।धनुषाको धनुषाधाममा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिहिवार धनुषाधाम नगरपालिका वडा न.१ को सहिद ठाकुर प्रसाद ढुंगानाको सभाहलमा १ दिने कार्यक्रम धनुषाधाम नगरपालिका वडा न.३ का वडा अध्यक्ष जयनारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो ।

 

समूहमा आबद्ध रहेका महिलाहरुलाई वित्तीय व्यवस्थापनमा साक्षरता बनाउन, कुनै पनि व्यवसाय गर्दा हुन सक्ने जोखीमहरु बाट कसरी बच्ने, वित्तीय सहजता ल्याउन का साथै कर्जा कसरी लिने र पैसा कसरी बचाउन सकिन्छ भन्ने लगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएको निर्धन उत्थान वित्तीय संस्था लिमिटेड धनुषाधामका शाखा प्रमुख दुर्गानन्द दासले जानकारी दिनुभयो ।

 

२१०० सय जना महिलाहरुले सहभागिता जनाएको कार्यक्रममा क्षेत्रीय कार्यालयबाट आउनु भएका कार्यक्रम प्रमुख शंकर प्रसाद नउपाने र धनुषाधाम शाखाका शाखा प्रमुख दासले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा सहभागिहरुलाई वित्तीय साक्षरताको परिचय, यसको आवश्यकता, वित्तीय लक्ष्य निर्धारण सम्बन्धि कसरी आम्दानी बढाउने, बचत भनेको के हो?, कसरी बचत गर्ने, कति बचत गर्ने, बचत किन र के का लागि गर्ने, बचत गर्दाका फाइदाहरु, जोखीम भनेको के हो?, जोखीमले के कस्ता असर पुराउँछ,, जोखीम सामना गर्ने उपायहरु, ऋण लिने कारणहरु, संस्थाले ऋण लगानि गर्दा र सदस्यले ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरु साथै मिटर ब्याज भनेको के हो ? भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

 

यस्तै, वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वीमा, वित्तीय साक्षरताको महत्व, डिजिटल पासबुक लगायतका विषयमा दृश्य सामग्री प्रस्तुत गरिएको थियो। धनुषाधाम ३ स्थित संस्थाले बैंकहरुमा पहुँच हुन नसक्ने विपन्न वर्गलाई घरमै पुगेर कर्जा दिँदै आएको, समय-समयमा तालिमहरु प्रदान गर्दै आएको, उनिहरुको आर्थिक अवस्थामा सुधार, दैवी प्रकोपमा परेकाहरुलाई राहत उपलब्ध, उपचार खर्च, सुत्केरी स्याहार खर्च लगायतका? सेवाहरु उपलब्ध गराउँदै आएको संस्थाका शाखा प्रमुख दासले बताउनुभयो । यस संस्थाको केन्द्रिय कार्यालय काठ्माडौंमा रहेको छ भने, हाल ७७ जिल्लामा १ सय ८१ वटा शाखा कार्यालय र १० जटा क्षेत्रीय कार्यालय रहेको शाखा प्रमुख दासले जानकारी दिनुभयो ।सोही कार्यक्रममा धनुषाधाम ३ र मिथिला विहारी नगरपालिका वडा न.३ का कक्षा १२ उत्कृष्ट नतिजा ल्याउने सयर सदस्यका विद्यार्थीलाई नगदसहित प्रसंशा पत्रबाट सम्मान गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार