न्यूजअफ मधेस,संवाददाता,मघ २१,धनुषा।।

धनुषाको धनुषाधाममा चिडियाखाना बन्ने भएको छ।

आज धनुषाधामको संरक्षित बन परिसरमा भएको कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र न.१ का सांसद जनता समाजवादी पार्टीको नेता समेत रहनुभएका दिपक कार्कीले फागुनमा शिलान्यास हुनेगरी कार्यदललाई निर्देशन दिन बन तथा वातावरण मन्त्री डाक्टर बिरेन्द्र प्रसाद महतोलाई आग्रह गर्नुभएको छ।

 

कार्यक्रममा वन तथा वातावरण मन्त्री डाक्टर बिरेन्द्र प्रसाद महतोले धनुषाधाम सबै दृष्टिकोणले चिडियाखाना हुने देखिएकोले फागुनमा शिलान्यास हुनेगरी काम गर्न कार्यदललाई निर्देशन दिनुभएको हो।

 

धनुषाधाममा जनकपुरधाम काठमाडौं,पोखरा,लगाइत भारतीय  पर्यटक आउँछन भने घुम्ने ठाउँ छैन, एक दिन अल्झाउन गाह्रो पर्छ,’ उनले भने, ‘अब बन्न लागेको खुला चिडियाखानाले केहि हदसम्म त्यो अभावलाई पूरा गर्छ । धनुषाधाममा आएका पर्यटकलाई २/४ रात बास बस्न सक्ने वातवारण बनाउनुपर्छ ।’

 

चिडियाखाना बनेपछि काठमाडौं, पोखरा लगायत नेपालको विभिन्न कुनाका साथै भारतीय र विदेशी पर्यटक समेत धनुषाधाममा आउने कर्म बढ्ने दावी सांसद कार्कीको छ ।

 

सांसद कार्कीले धनुषाधामको शव डिभिजन बनमा नै चिडियाखाना भईदिए हुन्थ्यो भन्ने सोच मेरो पहिले देखि थियो मेरो  कल्पना पुरा गर्ने अवसर मिलेको बताए ।धनुषाधाममा रामायणसंग जोडिएको एतिहाहिक धनुष मन्दिर छन्,वानगंगा छन ,बनस्पति उड्यान लगाई बन भित्र प्रयाप्त मात्रामा पानी र सिमसार क्षेत्र भएकोले मधेस प्रदेशकै राष्ट्रिय गौरवको योजना बन्न लागेको छ।

कार्यक्रम मधेस प्रदेशका बन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मी संघीय बन मन्त्रालयका सिन्धु प्रसाद ढुंगाना,शरद चन्द्र अधिकारी,उद्वव प्रसाद घिमिरे,सचिव मधेस प्रदेश डिभिजन बन कार्यालय धनुषा प्रमुख वेचन चौधरी,बन अधिकृत शंकर नारायण झा,जनता समाजवादी पार्टी क्षेत्रीय अध्यक्ष बिनोद कुमार यादव,एमाले नगर अध्यक्ष योगकुमार यादव वडा न.७ का वडा अध्यक्ष हेम नारायण यादव,जसपा नेता श्याम यादव लगाइतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार