न्यूजअफ मधेस,संवाददाता,मघ २३,धनुषा।।
कृषि ज्ञान् केन्द्र धनुषाले दुई दिने कृषि मेला प्रदर्शनी २०८० धनुषाधाममा आयोजना गरिएको छ । उत्कृष्ट प्रदर्शकलाई पुरस्कार समेत वितरण गरेका छन् ।
कृषि सम्बन्धि विभिन्न उत्कृष्ट कृषि उपज, आधुनिक कृषि सामाग्री जस्तैः कृषि यन्त्र उपकरण, मेसिन, प्राङ्गरीक मल तथा जैविक मल र जैविक विषदी लगायत कृषि सामाग्रीहरु स्टल लगाई सो मेलामा प्रदर्शनी गरेको हो ।
प्रतिस्पर्धामा भाग लिएका प्रथमलाई १५००, दोश्रोलाई १२००, तेस्रोलाई १००० र चौथोलाई ५०० गरि १५ % कर काटेर स्टल राखेका जम्मा २१ जना उत्कृष्ट कृषकहरुलाई कृषि ज्ञान् केन्द्र धनुषाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा कृषि यन्त्र उपकरण र मेसिनका स्टल राखेकाअ १२ जनालाई कदर गर्दै सम्मान समेत गरेका थिए ।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख राज नन्दन मण्डल , उप प्रमुख संगीता ठाकुर र हंसपुर नगरपालिकाको नगर उप प्रमुख दुर्गी देवी मण्डल , बाट प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएका थिए ।
माघे संक्रान्ति ( मकर मेला ) को अवसरलाई मध्यनजर गर्दै धनुषाधाममा कृषि मेला प्रदर्शनी गरेको कृषि ज्ञान् केन्द्र धनुषाको प्रमुख डा. रामचन्द्र यादवले बताए । साथै, हजारौं मान्छेहरु मकर मेला हेर्न धनुषाधाममा आउँछ र मेला आएका किसानहरु कृषि मेला प्रदर्शनी र जानकारी लिएर जान्छन् उदेश्यली आयोजना गरिएको उनले भने ।
किसानहरुलाई आधुनिक प्राविधिक माध्यम बाट खेटी गर्ने तरिका र आवस्यक मेसिन बारे जानकारी दिरहेको स्टल राखेका प्रतीक ट्रेडर्सका प्रो. रोबिन झाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री गोविन्द बहादुर न्यौपाने रहेको र अध्यक्षता कृषि ज्ञान् केन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादवले ग्रहण गरेका हुन् ।