न्यूजअफ मधेस,संवाददाता,फागुन २,धनुषा।
नगर प्रमुख कारीराम यादवले नगरपालिकामा राष्ट्रिय झण्डा अनावरण गरेका छन् ।
२९औ जनयुद्ध दिवसको अवसरमा मंगलबार कार्यालयमा अग्लो पोलमा राखिएको झण्डा यादवले फहराएका हुन् । झण्डा उद्घाटन गर्दै नगर प्रमुख यादवले भने जनयुद्धले गर्दा देशमा तीन तहको सरकार संचालमा आएको दलित,मुस्लिम र सीमान्तकृत समुदायले पहिचान पाएको बताए ।
झण्डा उद्घाटन कार्यक्रममा उपमेयर रहिमा खातुन स्वागत मन्तव्य राखेकी थिइन् भने माओवादी केन्द्र प्रदेश जिल्ला कमिटी सदस्य एमाले नगर अध्यक्ष दुर्गा सिंह सहित वडा अध्यक्ष सत्यनारायण यादव कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेल,नगरपालिकाका कर्मचारी सहितको उपस्थिति रहेको थियो ।