न्यूजअफ मधेस,संवाददाता,फागुन ३,धनुषा। धनुषा जिल्लाको बटेश्वार गा.पा.वडा -१ स्थित श्री लक्ष्मी मा.बी चित्रपुर स्कुलकाे प्राङ्गगनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सरस्वती पुजनाेत्सव,सांस्कृतिक तथा बाल प्रतिभा प्रस्तुतिकरण सम्बन्धि सडक नाटक प्रदर्शन भएको छ।
बालअधिकार सचेतना समूह श्री लक्ष्मी माध्यमिक विद्यालय,चित्रपुरको आयोजनामा स्कुलकाे प्राङ्गगनमा सरस्वती पुजनाेत्सव,सांस्कृतिक तथा बाल प्रतिभा प्रस्तुतिकरण सडक नाटक प्रदर्शन भएको धनुषा जिल्ला सहजकर्ता शिवजी परियारले बताए।
बाल अधिकार सचेतना समुहले शिक्षा ,स्वास्थ्य ,महिला हिंसा तथा भेदभाव विरुद्ध जनचेतना मूलक सडकनाटक प्रदर्शन गरेका थिए । सामाजमा शिक्षा स्वास्थ्य ,महिला हिंसा तथा भेदभावले पर्ने असर समावेश गरी सडक नाटक प्रदर्शन गरेका थिए।छुवाछूत नाटक प्रस्तुत गरेको थियो ।
एउटा गाउँमा डुम जातिको परिवार र अाफुले बनाएको सामान गाउँ घरमा बेच्नकाे लागि लगिन्छ,त्यस गाउँमा माथिल्लो जातकाे व्यक्ति र परिवारले सामान किन बेच गरिन्छ , तर तल्लो जातकाे सामान किने पछि त्यो सामान छुहिन्छ । माथिल्लो जातिकाे परिवार मा माेटर साईकल दुर्घटना हुन्छ ,तयस परिवार लाई रगतको कमि हुन्छ, त्यहीँ तल्लो जातिको रगत दिहिन्छ।तर यश सडक नाटक मुख्य विषय बस्तु भनेकाे कुनै पनि छुवाछूत ले समाजमा सुधार हुन्छ भन्ने अासा रहेको थियो ।
लागू अौषधि ले गाउँ समाजका युवा ,युवती र विधालयका विधार्थिहरूमा नराम्रो असर परेको छ भने सडक नाटक मार्फत प्रस्तुत गरेको देखिन्छ । दाइजो प्रर्था हाम्रो समाजमा निकै जराहा गाडेकाे देखिन्छ । अाज भाेलि पनि हाम्रो तराई क्षेत्रका अधिकांश मानिस हरू दाईजो प्रर्था उन्मुलन हुन नसकेको देखिन्छ । त्यस विषय लाई श्री लक्ष्मी मा वि चित्रपुर का बाल अधिकार सचेतना समुहका सदस्यहरूले सडक नाटक मार्फत दाईजो प्रर्था प्रतिकाे उन्मुलन र विकृतिको माथि सडक नाटक मार्फत प्रस्तुत गरिएको थियो ।
मानव अधिकारको प्रत्याभूतिका लागि सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउनको लागि नाटक प्रभावकारी हुने गरेको र सडक नाटक बाट तराई मधेसमा कम उमेरमा विवाह,शिक्षाको कमि,महिला हिंसा , दाईजो प्रार्था जस्ताकाे करण ले गर्दा हाम्रो समाजकाे विकृति तथा ग्रामीण क्षेत्रमा हुने छुवाछूत भेद भबका समस्याहरु र दाईजो प्रर्था माथि सडक नाटक प्रदर्शन गर्दा हाम्रो गाउँ समाजमा याे नाटक हेरेर अबस्य नै सुधार अाहुन्छ भने अासा रखेको छु, सोही स्कुलका शिक्षक सतेन्द्र प्रशाद शर्मा ले बताए।
हाम्रो समाजमा शिक्षा र जनचेतना कमी भएकै कारण दिनप्रतिदिन शिक्षा, स्वास्थ्य, महिला हिंसा तथा भेदभाव बढिरहेकोले न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम ग्रामीण तहसम्म पुर्याउनुपर्ने बालअधिकार चेतना समूहका अध्यक्ष देवेन्द्र कुमार महतोले बताए।
उक्त नाटक प्रदर्शनमा देवेन्द्र महत्ताे,राजेश कुमार महत्ताे,राेशन कुमार महत्ताे,अमरजित कुमार महतो, राेहित कुमार महत्ताे,राहुल कुमार महत्ताे,सुन्दर कुमार महत्ताे,चन्द्रशेखर महत्ताे,रन्जु महरा,कञ्चन कुमारी ,अमृता कुमारी ,अारति कुमारी महत्ताे ,लगायतका सहभागी थिए।