न्यूजअफ मधेस,संवाददाता,१२ फाल्गुन।
प्रधानमन्त्री प्रचण्डले मधेशको समृद्धि र विकास बिना देशको विकास र समृद्धिअसम्भव रहेको बताउनुभएको छ ।
शनिबार धनुषा र सिरहा जोड्ने डबल लेनको पक्की पुल शिलान्यास गर्न धनुषाकै सवैला नगरपालिका ४ पठेर्वाघाट कमला आइपुगेका प्रम प्रचण्डले मधेशी जनताको आर्थिक बिकास र समृद्धिबिना नेपालको समृद्धी सम्भव नरहेको तथा नेपालको राष्ट्रिय एकता र स्वाधीनता सुदृढ अब सम्भव रहेको बताउनुभयो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सडक बिभागद्वारा निर्माण हुन लागेको कमला पुलको सिलान्यासको क्रममा प्रधानमन्त्री प्रचण्डले मधेशबाट दोस्रो पटक निर्वाचित भैसकेकोले मधेशमाथी ध्यान रहेको र मधेशी जनतासंग प्रेम रहेको बक्तव्यलाइ दोहोर्याइएका छन ।
अगामी नीति तथा कार्यक्रममा मधेशको निम्ति विशेष ब्यबस्था समेत गर्ने उहाको भनाइ रहेको छ।
शनिबार सिलान्यास भएको डबल लेनको पक्की पुल कन्चनबन, जानकी मेडिकल, मिथिलेश्वर , सवैला हुँदै सिरहा सम्म पुग्नेछ र जसको नाम एन एच २९ (NH29) राखिएको छ।
एम एस इलाइट एस बि ए जोइन्ट भेन्चर काठमाडौंको कम्पनिले पाएको उक्त ठेकाको ठेका रकम १ अर्ब ११ करोड ५ लाख ७४ हजार ८०० रहेको छ । कम्पनिले सो ठेका २०७९ असार २९ मा पाएका छन भने २०८२ माघ २५ भित्र ४२ महिनाभित्रको अवधिमा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा भएको छ । पुलको लम्बाइ १० स्पान अर्थात ६०० मिटर रहेको छ।
कार्यक्रममा सवैला नगरपालिकाका नगरप्रमुख कारिराम यादवले अध्यक्षता गरेका थिए भने मातृका प्रसाद यादब ,सहरी विकास मन्त्री सीता गुरुङ,मधेस प्रदेशका उद्योगवाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव,सांसद रामकृष्ण यादब ,प्रदेश सांसद शारदा पहाडी ,श्रवन बर्बरिया यादव,मिर्चैया नगरपालिका सिरहाका मेयर श्रवण यादव,पुर्व मेयर उदय बरबरिया यादव,झल्कु भिन्वार यादव,देव सागर दास हजारौको सहभागिता रहेको थियो।भने कार्यक्रम संचालन माओवादी धनुषा संयोजक दिपक यादवले गरेका थियो त्यसैगरी उपप्रमुख रहिमा खातुन ४वडा अध्यक्ष सत्यनारायण यादवले फुलमाला र गम्छाले सम्मान गरेका हुन।