न्यूजअफ मधेस,डेस्क,बैशाख ३०,धनुषा ।धनुषा ।धनुषामा “प्रथम सबैला मेयर कप जिल्ला स्तरीय फुटबल प्रतियोगिता २०८१” सुरु भएको छ ।

सबैला नगरपालिकाले आयोजना गHरेको “प्रथम सबैला मेयर कप जिल्ला स्तरीय फुटबल प्रतियोगिता २०८१” को उद्घाटन मधेस प्रदेशका उद्योगवाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले गर्नुभयो ।

प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन् । पहिलो दिनको खेलमा सबैला नगरपालिकाका र हंसपुर नगरपालिकाका खेलाडी बीच सो मैच खेल भएका थिए जसमा २-१ ले सबैला बिजय हात पर्न सफल भए । त्यस्तै आज ३० गते जनकनन्दनी गाउँपालिका र विदेह नगरपालिका बिच खेल हुनेछ ।

वैशाख २९ गतेबाट सुरु भएको प्रतियोगिता ज्येष्ठ १० गतेसम्म चल्ने छ । प्रतियोगितामा विजेताले नगद ५५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ३५ हजार, मेडल र प्रमाणपत्र पाउने नगरपालिका नगरप्रमुख कारीराम यादवले जनाएको छ । प्रतियोगितामा १६ जना खेलाडी, १ जना कोच र १ जना अफिसियलसहित १८ जना एक समूहमा सहभागी हुनेछन् ।

खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मन्त्री भट्टराईले पछिल्लो समय नेपालमा खेललाई उद्योगसंग मात्रै खेलकुदको विकास र हुनेछ ।साथै हाम्रो मन्त्रालय अन्तरगत नभएपनी यसपटकको बजेटमा खेलकुदलाई उद्योगसंग जोड्ने मेरा पहिल प्राथमिकता रहनेछन् सबैला नगरपालिका आयोजना गरेको फुटबल प्रतियोगिता प्रति मन्त्री भट्टराईले खुसी व्यक्त गर्नुभयो । स्थानीय तहमा हुने हरेक कार्यक्रममा युवालाई सहभागी बनाएर राष्ट्रिय खेलाडी उत्पादन गर्न तीनै तहका सरकार लाग्नुपर्नेमा मन्त्री भट्टराईले जोड दिनुभयो ।

प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेलको विकासमा थप टेवा पुग्ने सबैला नगरपालिकाका नगरप्रमुख कारी राम यादवले बताउनुभयो ।

पहिलो पटक सबैला नगरपालिकाले भव्यताका साथ खेलकुदमा खेलाडीलाई आकर्षण बढाउन जिल्ला स्तरीय फुटबल खेलको गरिएको छ । कार्यक्रममा सबैला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियोे भने कार्यक्रममा हंसपुर नगरपालिकाका मेयर प्रदीप यादव,कमला नगरपालिकाका मेयर बिश्वर यादव,उपमेयर रहिमा खातुन,एमाले सबैला नगर अध्यक्ष दुर्गा सिंह,लोसपा नेता राम चन्द्र जसवाल,वडा अध्यक्ष सेराज राइन,सत्यनारायण,यादव,श्रीपुजन यादव,रामनारायण अधिकारी,राजनीतिक कर्मी,बुद्धिजीवी ,सुरक्षाकर्मी,पत्रकार र स्थानीय दर्शनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार