न्यूजअफ मधेस,संवाददाता,साउन २३,धनुषा —धनुषाको मिथिला नगरपालिका वाडा नं.–८ बस्ने संजिप कुमार महतो अहिले व्यावसायिक ओल तरकारी खेतीमा लागेका छन् । ओल कन्दमूल तरकारी हो । बिगत ३/४ वर्षदेखि उनी अहिलेसम्म बिशेश गरि ओलकै खेतीमा रमाइरहेका छन् ।
सुरुमा १ कट्ठा खेत देखी सुरु गरेका उनले यस वर्ष करिब १७/१८ कट्ठामा ओल तरकारी खेती गरेका छन् । संजिप भन्छन्, ‘लगानी अनुसार आम्दानी राम्रो भइरहेको छ ।’
यसपाली करिब १७/१८ कट्ठामा सोचे भन्दा राम्रो बोट फस्टाएको छु,’ उनले भने, ‘खेतमा मनग्य ओल तरकारी उब्जिएको छु। यसबाट पनि नाफा हुनेमा म ढुक्क छु ।’ यस वर्ष पनि लगानी अनुसार आम्दानी नहुने हो कि भन्ने चिन्तामा उनी थिए । तर, मिहिनेत अनुसार बोट सप्रिएको उनको भनाइ छ ।
माघमा ओल तरकारी खेती लगाउँछु। साउनबाट बेच्न सुरु गर्छु। केही नयाँ आम्दानीको स्रोत हुने खेती गर्नुपर्छ भन्ने सोचले मैलेले ओल खेती गर्न थाले । त्यसपछि व्यावसायिकतातर्फ लम्किएका उनी उखु खेती र ओल खेतीमा रमाएका हुन ।
नेपालमा ओलका विभिन्न जातहरु पाइन्छ । ओलका केही स्थानीय जातहरू खानमा अयोग्य हुन्छन्। तराईमा यसको विशेष महत्त्व छ । नेपाली भाषामा यसलाई बाँको वा काँच भनेको पनि पाइन्छ । तराई क्षेत्रमा ओल भनेर चिनिन्छ ।